काठमाडौं । प्रा.डा.गोविन्द केसीले सुदूरपश्चिममा सत्याग्रहण सुरु गरेका छन्।
बिहीबार डा. केसीले कैलालीको धनगढीमा सत्याग्रह सुरु गरेका हुन्। यो उनको २४औँ सत्याग्रह हो।
डा. केसीले धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा सत्याग्रह सुरु गरेका छन्।
सरकारले यसअघि आफूसँग गरेका सहमति अनुसार काम नगरेको र आफ्ना मागप्रति बेवास्ता गरेपछि सत्याग्रहमा बस्न बाध्य भएको उनको भनाइ छ।




प्रतिक्रिया