गुडिरहेको मोटरसाइकलमा स्टन्ट गरेपछि बब्लु गुप्तालाई जरिवाना तिराइयाे


काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट शैलीमा यात्रा गरेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले जरिवाना गरिएको छ ।

ट्राफिक प्रहरीले उनलाई रु पाँच सय जरिवाना तिराइएको हो ।

गुप्ता सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत गल्ति भएको स्वीकार्दै माफी मागेका छन्।