कम्युनिस्टहरू नै सच्चा देशभक्त हुन् : माधवकुमार नेपाल


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दल मिलेर जानुपर्ने बताएका छन् । शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षा गर्ने विषयमा एक भएर अघि बढ्न आवश्यक रहेको बताएका हुन् ।

‘गणतन्त्र, संघीयतालगायत थुप्रै विषयमा हामीले एकताबद्ध भएर जानैपर्छ । त्यति मात्रै हैन, जनताका हकअधिकारका कुराहरूमा, पीडा र वेदनाहरूमा अथवा गम्भीर समस्याहरूमा आवाज सशक्त रूपमा उठाउनका लागि पनि हातेमालो गरेर अगाडि बढ्नुपर्छ’, उनले भने ।

राष्ट्रियताको पहरेदार कम्युनिस्ट नै रहेको उनको भनाइ छ । कम्युनिस्टहरू नै सच्चा देशभक्त रहेको उनले बताए ।