काठमाडौँ । ‘नेपालमै केही गर्न सकिन्छ’ भन्ने सकारात्मक मनसायका साथ काठमाडौँको तिनकुनेस्थित कान्तिपुर पब्लिकेसन नजिकै ‘ऐना युनिसेक्स सलुन-२’ र ‘गहना हेरिटेज’ सञ्चालनमा आएको छ। थापाथलीस्थित ब्लु बर्ड मलमा सफल रूपमा सञ्चालन भइरहेको ऐना युनिसेक्स सलुनको यो दोस्रो शाखा हो।
नेपाली चलचित्रकी चर्चित अभिनेत्री वर्षा शिवाकोटीले एक विशेष समारोहका बिच यी दुवै व्यवसायको औपचारिक उद्घाटन गरेकी हुन्। युवा पुस्तालाई लक्षित गर्दै नेपालमै सम्भावना खोजेर व्यवसाय सुरु गरेकोमा नायिका शिवाकोटीले सञ्चालकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिन्।
समारोहमा दिदीबहिनी तथा सञ्चालक द्वय खुशी पाठक र पूर्णिमा पाठकले समयसापेक्ष र गुणस्तरीय सेवा दिन सके बजारमा सहजै सफलता पाउन सकिने विश्वास व्यक्त गरे। विभिन्न क्षेत्रमा काम गरेको अनुभवलाई प्रयोग गर्दै ग्राहकलाई एउटै छानामुनि उत्कृष्ट सेवा दिने उद्देश्यले यो आउटलेट खोलिएको उनीहरूले बताए।
महिला तथा पुरुष दुवैका लागि अनुहार र कपालको हेरचाह गरी सदाबहार र आकर्षक देखिन दक्ष ब्युटी आर्टिस्टहरूद्वारा सेवा प्रदान गरिने सलुनले जनाएको छ। विवाह, व्रतबन्ध तथा विभिन्न पार्टीहरूमा अनुहार सुहाउँदो मेकअपका साथै आधुनिक र परम्परागत सौन्दर्य सेवा सलुनमा उपलब्ध छ।
यस्तै, गहना हेरिटेजमा विशेष गरी महिलाहरूका लागि नवीनतम शैलीका अमेरिकन डायमण्डका नेकलेस, आधुनिक डिजाइनका गहना तथा परम्परागत मल्टिपल भेराइटीका गहनाहरू राखिएका छन्। सुहाउँदो गहना र मेकअप सेवा अब एउटै स्थानबाट लिन सकिनेछ।
तिनकुने जस्तो सबैलाई पायक पर्ने स्थानमा खुलेको यस आउटलेटले सौन्दर्य, फेसन र परम्परालाई एकै छानामुनि जोड्ने विश्वास लिइएको छ।















प्रतिक्रिया