तनहुँ । तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार, आर्थिक वर्ष २०८२/८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् ।
एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा रहेका उद्योगमध्ये सबैभन्दा बढी घरेलु उद्योग छन् । उनका अनुसार, हाल तनहुँमा सात हजार ३२९ घरेलु, तीन हजार ६५० साना, १४९ लघु र एउटा मझौला उद्योग सञ्चालनमा छन् ।
नयाँ उद्योग थपिने क्रमसँगै सञ्चालनमा रहेका उद्योग तथा व्यवसाय खारेज हुने क्रम पनि देखिएको छ । थापाका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा मात्रै उद्योगतर्फ २५० र वाणिज्यतर्फ २३४ गरी ४८४ फर्म तथा उद्योग खारेजीमा परेका छन् ।
कार्यालयको तथ्यांकअनुसार, नयाँ उद्योग दर्ता र पुराना उद्योग खारेजी दुवै प्रक्रिया जिल्लाको औद्योगिक तथा व्यावसायिक गतिविधिको नियमित हिस्सा बनेका छन् । एकातर्फ नयाँ उद्यमी थपिँदै जाँदा अर्कोतर्फ विभिन्न कारणले उद्योग तथा व्यवसाय बन्द गर्ने क्रम देखिएको हो । रासस




प्रतिक्रिया