काठमाडौँ । नुवाकोट ककनी गाउँपालिका वडा नं ४ रानीपौवा बस्ने ३३ वर्षीया रुविना मिजार साउन ९ गते शनिबारदेखि सम्पर्कविहीन भएकी छन् । साउन ९ गते बिहान घरबाट चर्च जान भनी निस्किएकी उनी अहिलेसम्म घर नफर्किएपछि परिवार चिन्तित बनेको छ ।
पारिवारिक स्रोतका अनुसार घरबाट निस्किएपछि उनी माइतीको सम्पर्कमा पुगेकी थिइन् । माइतीबाट ‘साथीलाई भेट्न जान्छु’ भनी निस्किएकी रुविना त्यसयता कसैको पनि सम्पर्कमा आएकी छैनन् ।
उनका पति अशोक मिजारले रुविनालाई छिटोभन्दा छिटो सम्पर्कमा आउन सार्वजनिक अपिल गरेका छन् । दुई छोरा (११ वर्ष र १८ वर्ष) का साथै सिङ्गो परिवार रुविनाको पर्खाइमा रहेकाले घर फर्कन वा सम्पर्कमा आउन पति अशोकले आग्रह गरेका हुन् ।
‘कतै घुम्न गएको सिलसिलामा बाटो भुलिएको वा अन्य कुनै समस्या परेको भए नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८६०६४६६७२ मा सम्पर्क गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु,’ पति अशोकले भने ।
रुविनालाई देख्ने वा उनको स्थितिबारे जानकारी पाउने जोकोहीले पनि उल्लेखित नम्बर वा प्रहरीमा सूचना दिएर सहयोग गरिदिन पति अशोक मिजारले याचना गरेका छन् ।




प्रतिक्रिया