काठमाडौ । सहकारी संस्थाबाट पीडित बचतकर्ताहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको संयोजकत्वमा पीडितहरू माइतीघर–बबरमहल क्षेत्रमा भेला भएर सरकारसँग न्यायको माग गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले विभिन्न मागसहितका प्लेकार्ड बोकेका थिए।
उनीहरूले ‘जग्गा मिलानका नाममा पीडित बचतकर्तालाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्तालाई न्याय देऊ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’ र ‘सहकारी पीडित बचतकर्ता एक हौँ’ लगायतका नारासहित प्रदर्शन गरेका थिए।
सहकारी संस्थामा जम्मा गरेको बचत फिर्ता नपाएका पीडितहरूले लामो समयदेखि आफूहरूको रकम फिर्ता, दोषीमाथि कारबाही र प्रभावकारी समाधानको माग गर्दै आन्दोलन गर्दै आएका छन्। प्रदर्शनकारीहरूले सहकारी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेका छन्।




प्रतिक्रिया