काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दलका सांसदहरूले अवरोध सिर्जना गरेका छन्।
बैठक प्रारम्भ हुनासाथ विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद वासना थापालाई बोल्न समय दिएका थिए।
आफ्नो धारणा राख्दै सांसद थापाले सुनसरीमा भएको दुःखद् घटनामा ज्यान गुमाएका ओमप्रसाद मेहताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन्। उनले यस्ता हिंसात्मक तथा अप्रिय घटनालाई कुनै पनि कोण वा बहानामा राम्रो मान्न नसकिने भन्दै गम्भीर चिन्ता व्यक्त गरिन्।
घटनाको सत्यतथ्य छानबिन र शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सरकारको ध्यानाकर्षण गराउँदै विपक्षी दलहरूले सदनमा आफ्नो विरोध कायमै राखेका छन्।




प्रतिक्रिया