मन्त्रिपरिषद् बैठक आज बस्दै


काठमाडौं, साउन ३ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले सरकारका नियमित प्रशासनिक तथा नीतिगत प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्नेछ ।

आजको बैठकबाट रिक्त एक सचिव पदमा बढुवा गर्ने निर्णयसमेत हुन सक्ने जनाइएको छ । केही दिनअघि सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरी सरकारसमक्ष पठाइसकेको छ ।

आजको बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका अन्य प्रस्तावमाथि पनि छलफल तथा निर्णयसँगै केही महत्वपूर्ण अन्य निर्णयसमेत हुनसक्ने जनाइएको छ ।