रसुवामा ड्रोन र कुकुर परिचालन गरेर खोजी र उद्धार गर्दै


काठमाडौं । सरकारले आज बिहान रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्य सुरु गरेको छ ।

खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै सर्वसाधारण समेत खटिएका छन् ।

हेलिकप्टरदेखि ड्रोनको सहायताबाट समेत खोजी तथा उद्धार सुरु गरिएको छ ।

सशस्त्र प्रहरीले रसुवागढी भन्सार यार्ड र बाढी प्रभावित क्षेत्रमा पुरिएकाहरूको खोजी गर्न तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको बताइएको छ ।

त्यस्तै नदी किनार तथा बाढी प्रभाविति क्षेत्रमा थुनिएका तथा हराइरहेका नागरिकहरूलाई लोकेट गर्न ड्रोन परिचालन गरिएको छ।