काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले विभिन्न जिल्लामा ठुलो जनधनको क्षति पुर्याएपछि नेपाल चिकित्सक संघले विपद् व्यवस्थापन र उपचारका लागि आफ्नो तयारी तीव्र पारेको छ।
संघले आज एक विज्ञप्ति जारी गर्दै बाढी पहिरोको कारण उद्धारको पर्खाइमा रहेका मानिसहरुको तुरुन्त उद्धार गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । घाइतेको उपचारका लागि आवश्यक चिकित्सक र स्वास्थ्य सामाग्री सहितको चिकित्सकको टोलि तयारी अवस्थामा रहेको संघले जनाएको छ ।
संघले सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विपद्मा तयारी अवस्थामा रहन र आ–आफ्नो क्षेत्रबाट सेवामा संलग्न रहनसमेत अनुरोध गरेको छ ।




प्रतिक्रिया