रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने भएको छ ।

रास्वपाको आकस्मिक बैठक बसेर राहत कोषका लागि उपलब्ध गराउने रकमको निर्णय गर्ने सभापति रवि लामिछानेले जानकारी दिए ।

उनले संसद्मा बोल्दै यसबारे जानकारी दिएका हुन् । साथै, रास्वपाका सांसदहरूले बेग्ला बेग्लै नभएर सामुहिक रुपमा सरकारलाई, आपत्तमा सरकारलाई कसरी सघाउन सक्छ भनेर निर्णय नै गर्ने पनि उनले बताए ।

रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पु‍र्‍याएको छ । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पु‍र्‍याएको विवरण आएका छन् ।