सेनाले गर्याे २० विदेशीसहित १२५ जनाको हवाई उद्धार


काठमाडौँ । नेपाली सेनाले रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धार गरिरहेको छ ।

बिहीबार बिहानदेखि नेपाली सेनाको हेलिकप्टरद्वारा अहिलेसम्म टिमुरे तथा मैलुङ्ग इलाकाबाट २० विदेशीसहित १२५ जनाको हवाई उद्धार गरेको जानकारी दिएको छ ।

त्रिशूलीस्थित नेपाली सेनाको विशेषज्ञ डाक्टर अधिकृत सहितको आपतकालीन उपचार केन्द्रमा ६४ जना घाइतेहरूलाई स्वास्थ्य सेवा प्रदान गरिएको समेत सेनाले जनाएको छ ।

समन्वयात्मक रूपमा घाइतेहरूको जमिनि तथा हवाई उद्धार, आपतकालिन उपचार र राहत सामग्री वितरण कार्य भइरहेको सेनाले जनाएको छ ।