टिमुरे भन्सारका अधिकृत शर्माको शव गोरखामा भेटियो


काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृतकाे शव गोरखामा भेटिएकाे छ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको हो।

त्रिशूली नदीको किनार (गोरखातर्फ)शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

भन्सार अधिकृत शर्मा हुम्ला ताजाकोट गाउँपालिका–२ का स्थानीय हुन्। पोष्टमार्टमपछि परिवारले उनको शव बुझेका छन्।