काठमाडौं । गत भदौ १० गते भोटेकोशी आएके बाढीमा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौंमा पनि व्यवस्थापन हुने भएको छ ।
काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शव काठमाडौंमा व्यवस्थापन गर्न लागेको बताए ।उनका अनुसार एउटा सरकारी वन क्षेत्रमा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
यसअघि पहिचान नखुलेका शव चितवनको एक जंगलमा व्यवस्थापन गरिएको थियो ।
देशभरीका अस्पताल जम्मा ६०० शव व्यवस्थाप क्षमता रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शवहरु धेरै भएपछि तत्काल महामारी हुनबाट रोक्न सरकारले व्यवस्थापन गर्ने निर्णा गरेको जनाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९८७ शव प्राप्त भइसकेका छन् । त्यसमध्ये करिब १०० शव काठमाडौं आइपुगेको छ ।
सरकारले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ अनुसार शवहरूको व्यवस्थापन गर्न लागेको हो। निर्देशिकामा संकलित शवको मुचुल्का, शवको प्रारम्भिक पहिचान, थप विधिको प्रयोग गरेर शवको पहिचान, सनाखत, अभिलेखीकरण, संकेत चिह्न राख्नुपर्ने प्रावधान छ।




प्रतिक्रिया