काठमाडौं । हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला परेका छन् । मंगलबार दिउँसो २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
जसमा ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० आंशिक अंग भएका शव फेला परेको प्रहरीले जनाएको छ ।
जसमध्ये ९७२ शवको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, ५८ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुेलेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरेको प्रहरीले उल्लेख गरेको छ ।




प्रतिक्रिया