काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकराण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोसी बाढीबाट तीन हजार ९१६ जना सम्पर्कविहीन रहेको जानकारी दिएको छ ।
भोटेकोसी बाढीको सातौँ दिन मंगलबार पत्रकार सम्मेलन गरेको प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीले अझै तीन हजार ९१६ जना सम्पर्कविहीन रहेको जानकारी दिए ।
सम्पर्कविहीन हुनेहरूमा नेपाल प्रहरीबाट २५, नेपाली सेनाबाट ४५, सशस्त्र प्रहरी बल नेपालबाट १३, भन्सार कार्यालयबाट १५ छन् । त्यस्तै, अध्यागमन कार्यालयबाट तीन, लाङटाङ राष्ट्रिय निकुञ्जबाट तीन र क्वारेन्टाइन कार्यालयबाट तीनजना रहेको उप्रेतीले जानकारी दिए ।
जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त सम्पर्कविहीन रहेका नागरिकको जिल्लागत तथ्यांकबारे पनि उनले जानकारी दिएका छन् ।
समितिको सूचनाअनुसार रसुवाबाट करिब ६५ जना, नुवाकोटबाट करिब १५५ जना सम्पर्कविहस्न रहेको उनले बताए । जलविद्युत् आयोजनाहरूबाट ६३९ जना सम्पर्कविहीन रहेको उनले बताए । बाढीपछि ५८३ विदेशी नागरिक सम्पर्कविहीन रहेको र उनीहरूसँगै घुम्न गएका १६४ नेपाली सम्पर्कविहीन रहेको उनले जानकारी दिए ।




प्रतिक्रिया