काठमाडौं । गत भदाै १० गते आएको भीषण बाढीका कारण पूर्ण रूपमा डुबानमा परेको गल्छी अस्पतालमा नेपाल तरुण दलले सञ्चालन गरेको सरसफाइ, व्यवस्थापन तथा पुनःस्थापना अभियान आज पाँचौँ दिनमा सफलतापूर्वक सम्पन्न भएकाे छ।
बाढीले अस्पताल परिसरमा थुपारेको हिलो, फोहोर तथा अन्य अवरोधहरू हटाउँदै अस्पताललाई पुनः सञ्चालनयोग्य बनाउन नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालासहित तरुणका स्वयंसेवकहरू निरन्तर खटिएका थिए।
विपद्को कठिन घडीमा स्वास्थ्यजस्तो अत्यावश्यक सेवाको पुनःस्थापनालाई प्राथमिकतामा राख्दै पाँच दिनसम्म निरन्तर गरिएको अभियान आज औपचारिक रूपमा सम्पन्न गरी गल्छी अस्पताललाई सम्बन्धित निकायलाई जिम्मा लगाइएको तरण दलले जनाएकाे छ ।




प्रतिक्रिया