काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा राहतसहित नुवाकोटको बाढी प्रभावित क्षेत्रमा जाने भएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा अध्यक्षकै हातबाट नुवाकोट र रसुवाका बाढी प्रभावितलाई पार्टीको तर्फबाट राहत सामग्री पठाएपछि आफूहरू नुवाकोट हिँडेको सचिव महेश बस्नेतले बताए।
उनले भने, ‘अध्यक्षसहित हामी गएर पीडितहरूसँगको समस्या, दुःख गुनासो बुझ्ने र हामीले राहत, उद्धार, सरसफाइका लागि स्वयंसेवक परिचालन गरेका छौँ। त्यो कामको अध्यक्षले निरीक्षण गर्नुहुन्छ।’
उनले नुवाकोटमा पार्टीको तर्फबाट करिब ३ सय स्वयंसेवक परिचालित भएको बताए।
उनले पार्टीको तर्फबाट रसुवा, नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जिल्ला तहका नेकपा एमालेको सहयोग समिति पनि गठन गरिएको बताए।





प्रतिक्रिया