नेपालको विपद्प्रति अस्ट्रेलियाले जनायो ऐक्यबद्धता


काठमाडौँ । अस्ट्रेलियाले नेपालमा हालै रुसुुवामा आएको विनाशकारी विपत्तिप्रति दुःख व्यक्त गर्दै नेपाली जनता र सरकारसँग ऐक्यबद्धता जनाएको छ।

अस्ट्रेलियाली विदेश मामिला मन्त्री पेनी वङले मंगलबार क्यानबेरास्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेका छन्। उनले बाढीबाट प्रभावित अस्ट्रेलियाली नागरिकलाई सहयोग पुर्‍याएकोमा नेपालप्रति आभार व्यक्त गर्दै नेपाली जनता र सरकारप्रति निरन्तर साथ र सहानुभूति रहेको बताएका छन्।

अस्ट्रेलियाले विपत्तिमा ज्यान गुमाउने तथा प्रभावित सबै नेपालीप्रति समवेदना व्यक्त गरेको छ। त्यसोत अस्ट्रेलियाले नेपालका लागि सहयोग स्वरुप पाँच मिमिलयन अमेरिकी डलर दिने घोषणा पहिल्यै गरिसकेको छ ।