बाढीका कारण दिवंगत भएका आत्माहरूको चिरशान्तिको कामना गर्दै दिप प्रज्जवलन


काठमाडौं । भोटेकोशी, त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण दिवंगत भएका आत्माहरूको चिरशान्तिको कामना गर्दै जय नेपाल पार्टीनिकट नेपाल युवा संगठनले सोमबार कमलादी गणेशस्थान मन्दिरमा दिप प्रज्जवलन गरेको छ ।

जय नेपाल पार्टीका सभापति डा. धवलशम्सेर राणाको उपस्थितिमा दिवंगतहरूप्रति श्रद्धान्जली अर्पण गर्दै बाढीमा घाइते भएकाहरूको स्वास्थ्यलाभ र वेपत्ता नागरिकको सकुशल उद्धारको कामना गर्दै दिप प्रज्जवलन गरिएको हो । सो अवसरमा एक मिनेट मौन धारणा समेत गरेका थियो ।

सो अवसरमा गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दिवंगत हुनुभएका वीर शहीदहरूप्रति समेत भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको नेपाल युवा संगठनका सभापति निराजन बमले बताए ।