देउवाले गगन थापालाई दिएनन् भेट्ने समय


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्ने समय नपाएको बताएका छन् ।

सोमबार पार्टीको कार्यसम्पादन समिति बैठकमा सभापति थापाले पार्टीका पदाधिकारी र सदस्यहरूले राखेका धारणा र प्रश्नको जवाफ दिने क्रममा त्यस्तो बताएका हुन् ।

सभापति थापाले भदौ ५ गते शुक्रबार देउवाका स्वकीय सचिव भानु देउवालाई टेलिफोन गरेर भेट्नका लागि समय मागेका थिए । तर भेट्नको लागि समय नै नपाएको ब्रिफिङ उनले पार्टीका पदाधिकारीहरुलाई गरेका हुन् ।

सभापति थापाले पार्टीलाई मिलाएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफु रहेको बताएका थिए । त्यसका लागि निवर्तमान सभापति देउवासँग भेटेर कुरा गर्न चाहेको तर समय नपाएको उनले नेताहरुलाई जानकारी गराएकाे एक नेताले बताए ।