काठमाडौँ । आज नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा पुगेका जेनजी आन्दोलनका एकजना घाइते पक्राउ परेका छन्।
कार्यक्रमस्थलबाट पक्राउ पर्नेमा पवन खड्का रहेका छन्। उनले उक्त कार्यक्रममा बोल्न दिनुपर्ने बताएका थिए।
सो क्रममा उनलाई जेनजीको एउटा समूहले दुर्व्यवहार गरेका थिए । त्यसलगत्तै प्रहरीले खड्कालाई नियन्त्रणमा लिएको हो।




प्रतिक्रिया