काठमाडौं, भदौ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। नेता लामिछानेले प्रतिनिधिसभामा सम्बोधन गर्न सभामुख डीपी अर्यालसँग समय मागेको रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
लामिछानेले रसुवाको भोटेकोशी बाढीपहिरोबाट उत्पन्न अवस्थाबारे सदनलाई जानकारी गराउन सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ। बाढीपहिरोबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा सदनमार्फत धारणा राख्ने तयारी लामिछानेको छ।




प्रतिक्रिया