बाजुरा, २४ भदौ ।खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गगनसिंह भाटका अनुसार मङ्गलबार दिउँसो बाख्रा चराउन गएका किशोर सोही ठाउँको कालसिङ्गे खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् । घटनाकाबारे स्थानीय खडक भण्डारीले प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए ।
प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको नेतृत्वमा तीन र सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुरा विपद् उद्धार सुरक्षा बेस कोल्टीबाट सात जनाको टोली खटिएर बेपत्ता किशोरको खोजी जारी रहेको जनाएको छ ।




प्रतिक्रिया