संसदमा आज रवि लामिछानेले सम्बोधन गर्ने


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

उक्त बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको सम्बोधन गर्ने भएका छन् ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार लामिछानेले सदनमा सम्बोधन गर्न सभामुखसँग समय मागेका छन् ।