चिलिमेमा उद्धार जारी,कुलमानलाई पनि बोलायो सेनाले

File Photo

काठमाडौं । गत भदौ १० गतृ आएके बाढीपछि रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा उद्धार कार्य जारी छ । उद्धार टोलीलाई मद्दत गर्न आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि त्यहाँ पुग्दै छन्।

सेनाको अनुरोधमा घिसिङ आज बिहान त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

विदेशी विज्ञसहित त्यहाँ खटिएको उद्धार टोली सुरुङ छिचोलेर पावर हाउसभित्र जान प्रयासरत छ। यही क्रममा आवश्यक समन्वय र सुझावका लागि पूर्वऊर्जामन्त्री घिसिङलाई पनि नेपाली सेनाले बोलाएको हो।