जेनजी आन्दोलनमा जलेको घरबाट आज ओलीले सम्बोधन गर्ने


काठमाडौँ । जेनजी आन्दोलन भएको एक वर्ष पुरा भएको छ । हिजो शहिद कल्याणकारी कोषको आयोजनामा जलेको पुरानो संसद भवनमा स्मृति कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसहित नेपाल सरकारका बहालवाला मन्त्री र जेनजी शहिद परिवारको काक्लो उपस्थिति थियो ।

यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ मा जलेको घरबाट सम्बोधन गर्ने भएका छन् ।

जलेको घर भक्तपुरको बालकोटबाट अध्यक्ष ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने एमाले युवा संघ नेपालका नेता निरोज पौडेलले जानकारी दिए ।

आन्दोलनका चर्किँदै गएपछि ओलीले भदौ २४ गते नै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।