काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी छन् ।
बुधबार जारी प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । बाढीपछि होल्डिङ सेन्टरमा बस्नुपर्दा महिला र बालबालिकाको अस्मिता, सुरक्षा र गोपनीयता गम्भीर जोखिममा परेको भन्दै स्रोत तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गनुपर्ने उनले बताइन् ।
‘यही स्रोत परिचालन गरेर तत्काल अस्थायी आवास व्यवस्था गरौँ । सकेसम्म पारिवारालाई एकै ठाउँमा राखौँ र उद्धार राहतसँगै सामाजिक पुनर्स्थापनालाई पनि तीव्रता दिउँ,’ सांसद धितालले भनिन्उ ।
उनले उद्धार र राहतसँगै उनीहरूलाई सम्मानपूर्वक पुनः आफ्नै खुट्टामा उभिन सक्ने बनाउन दीर्घकालीन सामाजिक पुनस्र्थापनालाई तीव्रता दिन सरकारसँग माग गरिन् ।
विपद्का बेला महिलाहरूमाथि हिंसा, यौन शोषण, पानी र हेरचाहको अतिरिक्त बोझ थपिने भएकाले राहत व्यवस्थापनमा महिला र बालबालिकाको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया