काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले बाढीपछि सरकारले उद्धार, उपचार र राहतका तत्परताका साथ काम गरिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘यो विपत्तिमा पनि सरकारको कामलाई सरकार र विपक्षीको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ । विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो,’ लामिछानेले भने ।
बाढी आए लगत्तै हजारौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएको उनले बताए । ।
घाइतेहरूका लागि उद्धार र उपचार, विस्थापितहरूका लागि अस्थायी बसोबास र खाद्यान्नका लागि सरकारको तत्परताका लागि आफूले सरकारलाई प्रश्न गर्ने ठाउँ नदेखेकोसमेत उनले बताए ।




प्रतिक्रिया