पीडितमाथि अमानवीय दुर्व्यवहार गर्नेलाई पार्टीले कारबाही गर्छ : सभापति लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पीडितमाथि अमानवीय दुर्व्यवहार गर्नेलाई पार्टीले निर्मम भएर कारबाही गेर्न बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले पीडितको पक्षमा राज्यको उपस्थिति र निर्मम कारबाही आवश्यक रहेको बताए ।

‘देशमा कतैबाट पनि यस्ता अमानवीय दुर्व्यवहार हुन्छन् भने त्यसका विरुद्ध हामी निर्मम हुन्छौँ। हामी केवल विज्ञप्ति मात्र निकाल्ने र नाम मात्रको कारबाही गर्ने पक्षमा छैनौँ, ’ उनले भने ।

राज्य साँच्चिकै निर्मम हुन सक्नुपर्ने र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी काम हुनुपर्ने उनले बताए । उनले भने,‘राज्य पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी काम हुनुपर्छ। सरकारले त्यो देखाउनुपर्छ र देखाइदिनुपर्छ।’