पार्टीको आधिकारिकतासम्बन्धी देउवाले भने- ‘सर्वोच्चले न्याय दिन्छ’


काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्।

बुधबार १३३औं बीपी जयन्तीको अवसरमा कांग्रेस भक्तपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले पुनरावलोकनका लागि निस्सा दिएको सर्वोच्च अदालतले रुख चिह्न, चारतारे झण्डा आफूले पाउने बताए।

‘‘सर्वोच्च अदालतमा यिनीहरूले जतिसुकै धाएता पनि सर्वोच्च अदालतको मलाई विश्वास छ । जसरी निष्पक्ष रुपमा हामीलाई निस्सा दिएको छ, त्यस्तै रुख चिह्न, चारतारे झण्डा नेपाली कांग्रेसको हामीले पाउने छौं भन्ने विश्वास लिएको छु,’ देउवाले भन ।

अहिले गगन थापाले पक्षले आफ्नो पक्षमा पार्न अनेक प्रयास गरिरहेको देउवाले आरोपसमेत लगााए । ‘अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर हुन्छ, यसलाई कुनै पनि हालतमा पुनरावलोकनबाट नेपाली कांग्रेसको आधिकारिकता हामीले पाउनुपर्ने कुरा रोक्ने कोसिस भइरहेको छ। तर, हामी कुनै हालतमा मान्दैनौं,’ उनले भने।