बाढी पीडितलाई यशोदा ग्रुपद्वारा ३ करोड ५१ लाख नगद र ३०लाख बराबरको करेन्ट चाउ चाउ सहयोग




काठमाडौं । हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा फुड्स प्रा. लि. र श्रीराम टोबाकोले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु. ३ करोड ५१ लाख ५१
हजार (तीन करोड एकाउन्न लाख एकाउन्न हजार रुपैयाँ) आर्थिक सहयोग गरेका छन्।


उक्त रकमको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।


यसका साथै, बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङ लगायतका अति प्रभावित स्थानहरू तथा पीडितहरूलाई
राखिएका आश्रयस्थलहरूमा कम्पनीले अत्यावश्यक राहत सामग्रीको रूपमा ३० लाख बराबरको करेन्ट चाउचाउ
सम्बन्धित निकाय र प्रभावित जनतालाई वितरण गरेको थियो । र आवश्यक
परेमा अझै पनि चाउचाउ पठाउन र पिडितलाई सहयोग गर्न तत्पर रहेको कम्पनीले जनाएको छ।


साथै, यस विपदको घडीमा आवश्यक पर्ने अन्य कुनै पनि किसिमको सहयोग गर्नका लागि यशोदा ग्रुप इण्डस्ट्रिज प्रा.लि
पूर्णरूपमा तयार र प्रतिबद्ध रहेको कुरा कम्पनीले जनाएको छ।