भोटेकोशी बाढीपछि भएका कामको विषयमा सरकारको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको निर्णय


काठमाडौँ । भोटोकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म भए गरेका कामको विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय विपक्षी दलहरू गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार सिंहदरबारमा बोलाएको विपक्षी दलहरूको बैठकले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको नेकपा एमालेकी उपनेता पद्‌मा अर्यालले जानकारी दिइन् ।

‘भोटेकोशी बाढीको विषयमा सरकारको ध्यानाकर्षण गर्ने, संसदमा हाम्रो आवाज उठाउने निर्णय भएको छ । अहिले जे जति खोज, उद्धार र राहतका काम भइराखेका छन्, भएका कामका निम्ति धन्यवाद छ । सुरुमै सबैसँग समन्वय भएका भए अझ धेरै बाँच्थे होला । जनताको धैर्य धेरै रहँदैन । उनीहरूको गाँस, बास र कपासको व्यवस्था मिलाउन र सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ,’ उनले भनिन् ।