काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४६ शाखा अधिकृतको सरवा गरेको छ । सिंहदरबारमा कार्यरत केही अधिकृतहरूलाई दुर्गमका गाउँपालिकाहरूमा पठाइएको हो ।
मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार ४६ जना शाखा अधिकृतमध्ये ३० जनालाई विभिन्न स्थानीय तहमा खटाइएको छ भने बाँकी १६ जनालाई सिंहदरबारभित्रकै विभिन्न निकाय तथा कार्यालयमा सरुवा गरिएको छ।
पछिल्लो समय मन्त्रालयले कर्मचारीको सरुवा तथा पदस्थापनलाई निरन्तरता दिँदै आएको छ। यसैक्रममा एकैपटक ४६ जना शाखा अधिकृतको सरुवा गरिएको हो।
शाखा अधिकृतको सरुवा सूची हेर्नोस्–









प्रतिक्रिया