गाजामा इजरायली आक्रमण, चार जनाको मृत्युः अस्पताल, अधिकारी


गाजा सिटी (प्यालेस्टिनी क्षेत्र), २५ भदौ । गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परवारका चार जनाको मृत्यु भएको प्यालेस्टिनी अस्पताल र सुरक्षा अधिकारीले बताएका छन् ।

उत्तरी गाजा पट्टीको बेत लाहिया परियोजना क्षेत्रमा इजरायली आक्रमणले एउटा घरमा प्रहार गरेपछि अहमद परिवारका चार जना सदस्यको शव टुक्रामा फेला पारिएको जनाइएको छ । गाजा सहरको अल–शिफा अस्पतालका अधिकारीले १२ र आठ वर्षका बच्चाको सवको पहिचान भइसकेको बताएको छ ।

हमासको नियन्त्रणमा रहेको गाजामा रहेको प्यालेस्टिनी सुरक्षा स्रोतले इजरायली लडाकु विमानले मध्यरात पछि बेत लाहियामा र जबालिया शरणार्थी शिविरको केन्द्रमा छुट्टै आक्रमण गरेको तथा इजरायली सेनाले विस्थापित मानिसको तम्बु र एम्बुलेन्समा पनि गोलीबारी गरेको बताएको छ ।

इजरायलले गाजा पट्टीमा आक्रमण जारी राखेको सुरक्षा स्रोतले जनाएको छ । इजरायलले गत वर्षको अक्टोबरमा संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा युद्धबिराम गर्न सहमत भएको थियो यद्यपी गाजा नियन्त्रण प्रक्रिया अगाडि बढाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमास लक्षित आक्रमणमा कुनै कमी नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हमासले इजरायल बिरूद्ध सन् २०२३ अक्टोबर–७ मा अभूतपूर्व आक्रमणको नेतृत्व गरेको थियो ।  

इजरायलले प्रायः पछि आफ्ना लक्ष्य पहिचान गर्दछ । इजरायली सेनाले आइतबार सबी हदर अल–अथम अल–बत्रहीलाई गाजा पट्टीमा इजरायली सेना विरुद्ध विस्फोटक उपकरण जडान गरेको दाबी गर्दै मारिएको बताएको छ ।

इजरायली आक्रमणले युद्धविराम घोषणा भएदेखि एक हजार ३०० भन्दा बढी मानिसको ज्यान लिएको जनाइएको छ ।

इजरायली सेनाले सोही अवधिमा आफ्नो श्रेणीमा पाँच जनाको मृत्यु भएको र एक जना नागरिक ठेकेदारको मृत्यु भएको पहिचान गरेको जनाएको छ ।  रासस