ग्यासमा कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ


काठमाडौँ। भक्तपुरबाट खाना पकाउने ग्यासमा कालोबजारी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्यबिनायक नगरपालिका–३ स्थित ब्रम्हनगरमा सर्लाही जनरल स्टोर सञ्चालन गर्ने २५ वर्षीय उमेश साह र भक्तपुर नगरपालिका–२ इटाछेमा सगर ग्यास बेच्दै आएका ४१ वर्षीय राजेश कर्माचार्य छन् ।

शाहले उपभोक्तालाई प्रतिसिलिन्डर २८ सयमा ग्यास बेच्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीको जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ७५ थान भरिएको हिमाल ग्यास र १४ थान सगर ग्यास बरामद गरेको छ । आरोपीहरूमाथि जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ ।