काठमाडौं । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । काठमाडौंको गोकर्णेश्वरस्थित महादेव मन्दिरमा बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।
भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध गरे २१ पुस्तासम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ । यसै दिन वर्षभरि धार्मिक कार्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशे औँसी भनिन्छ । धार्मिक मान्यताअनुसार कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ ।
गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको विश्वास रहेको यस तीर्थमा श्राद्ध तथा तर्पण गर्दा पितृले मुक्ति पाउने धर्मशास्त्रीय मान्यता छ ।




प्रतिक्रिया