बुटवलकाे तिनाउले ६ घर बगायो


बुटवल । लगातारकाे वर्षापछि रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका- ११ टप मझुवामा ६ वटा घर बगाएको छ। 

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार नदीमा आएको बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाएको हाे ।

बाढीको जोखिममा रहेका तटीय क्षेत्रका करिब २०० घर परिवारलाई सुरक्षित स्थानमा सार्ने काम गरिएकाे प्रहरीले जनाएकाे छ ।