घाँसीकुवामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

File photo


तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा यातायात सेवा प्रभावित  भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल भइरहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए । रासस