यस्तो रहनेछ आज दिनभरको मौसम



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार (असोज १२) दिउँसो देशभर आंशिक बादल लाग्नेछ ।

हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै तथा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।