काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गौरवशाली इतिहासमा मात्रै निर्भर नभई नयाँ इतिहास निर्माण गर्ने बताएका छन्। सभापतिमा पुनः निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै उनले युवामाझ नयाँ सोच र प्रतिबद्धतासहित जाने बताए।
थापाले कांग्रेसको विगतको गौरवलाई सम्मान गर्दै वर्तमानका चुनौती समाधान गरेर भविष्य निर्माण गर्नु आफ्नो लक्ष्य रहेको उल्लेख गरे। युवाहरूसँगको संवादमा पार्टीले इतिहासको ब्याज खान नभई नयाँ इतिहास रच्न आएको सन्देश दिने उनको भनाइ थियो।
उनले कांग्रेसलाई किसान, उद्यमी र वैदेशिक रोजगारीमा रहेका नेपालीले समेत भरोसा गर्न सक्ने पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए।
किसानले आफ्ना समस्या उठाउने पार्टीका रूपमा, उद्यमीले गुमेको अवसर पुनः प्राप्तिका लागि सहयोग गर्ने शक्तिका रूपमा र विदेशमा रहेका नेपालीले आफ्नो परिवारका पक्षमा आवाज उठाउने पार्टीका रूपमा कांग्रेसलाई चिन्ने वातावरण बनाउने उनले बताए।
थापाले सबै वर्ग र समुदायका नागरिकका समस्या सम्बोधन गर्दै जनताको विश्वास जित्ने पार्टी निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।




प्रतिक्रिया