सरावल गाउँपालिकाको भवन निर्माणको अन्तिम चरणमा


नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २५ असोज ।सरावल गाउँपालिकाको छ करोड ८५ लाख लागतको निर्माण थालिएको भवनको काम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमका अनुसार सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत सहभागितामा छ करोड ८५ लाख ३६ हजार ९८४ मा थालिएको काम ७० प्रतिशत पूरा भएको छ ।

सरकाले भवन निर्माणका लागि गाउँपालिकालाई १९ कठ्ठा जग्गाको भोगाधिकार प्रदान गरेको छ । भवनको शिलान्यास गत वर्ष मङ्सिरमा भएको थियो ।