५,३८८ मत गन्दा कांग्रेस सहमहामन्त्रीमा कसको कति मत ?


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही पदको मतगणना भइरहेको छ ।

हालसम्म सहमहामन्त्री खुलातर्फ पाँच हजार ३८८ मतगणना गरिएको छ । सहमहामन्त्री खुलातर्फ दुई पदका निम्ति नौ उमेदवार प्रतिस्पर्धामा छन् ।

नौमध्ये यति बेलासम्म रामहरि खतिवडाले दुई हजार २७९ मत ल्याएका छन् । मतगणनामा उनी सुरुदेखि नै अगाडि छन् । एक हजार ६६८ मतसहित अजयबाबु शिवाकोटी दोस्रो स्थानमा छन् ।

पछिल्लो मत परिणाम हेर्नोस्–
 सहमहामन्त्री खुला (२) पदको लागि ५३८८ मत गन्दा
१. अजयबाबु शिवाकोटी – १६६८
२. अमृत कुमार अर्याल –७९६
३. देवेन्द्रराज कडेल –१०७३
४. डिल्लिराम सुवेदी – १३९३
५. विकास कोइराला –८६८
६. विमलराज क्षेत्री –२१६
७. रमेश प्रसाद धमला –६१६
८. रामहरि खतिवडा –२२७९
९. राजिव ढुंगाना – ९२७