काठमाडौँ, २७ असोज । स्थानीय बजारमा आज सुनको मूल्य रु दुई हजार २०० र चाँदीको मूल्य रु ६० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९४ हजार ४०० र चाँदी प्रतितोलाको मूल्य रु चार हजार ४१५ कायम भएको थियो ।




प्रतिक्रिया