म्याग्दी । सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग सञ्चालन भएको छ ।
बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो ।
मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि गिरीले वर्षायाममा अवरुद्ध बनेको बरञ्जा–सातबिसे–बाबियाचौर खण्डको सडक मर्मत गरी आज दिउँसोदेखि मिनिबस, जीप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्र्याक्टर चलाउन मिल्ने बनाइएको जानकारी दिए ।
“निरन्तर खसिरहेको पहिरो नरोकिँदासम्म मर्मत गर्न नसकिने भएकाले दसैँको समयमा जन्मथलो जाने नागरिकलाई राहत दिने उद्देश्यले गाउँपालिकाले वैकल्पिक सडक सञ्चालन गरेको हो”, उनले भने ।
बेनी–दरबाङ सडकलाई, म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने ‘लाइफलाइन’ मानिन्छ । राससबेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो ।
मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि गिरीले वर्षायाममा अवरुद्ध बनेको बरञ्जा–सातबिसे–बाबियाचौर खण्डको सडक मर्मत गरी आज दिउँसोदेखि मिनिबस, जीप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्र्याक्टर चलाउन मिल्ने बनाइएको जानकारी दिए ।
“निरन्तर खसिरहेको पहिरो नरोकिँदासम्म मर्मत गर्न नसकिने भएकाले दसैँको समयमा जन्मथलो जाने नागरिकलाई राहत दिने उद्देश्यले गाउँपालिकाले वैकल्पिक सडक सञ्चालन गरेको हो”, उनले भने ।
बेनी–दरबाङ सडकलाई, म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने ‘लाइफलाइन’ मानिन्छ । रासस




प्रतिक्रिया