पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’


काठमाडौँ । न्यायिक स्वतन्त्रता, न्यायमा पहुँच र मानवअधिकारको रक्षामा विशिष्ट योगदान दिएको भन्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘एसिया कर्पोरेट एक्सिलेन्स एण्ड सस्टिनेविलिटी एवार्ड’ प्रदान गरिएको छ ।

फिलिपिन्सको मनिलामा आयोजित कार्यक्रममा उनलाई उक्त एवार्ड प्रदान गरिएको नेपाल कानुन समाजले जनाएको छ । श्रेष्ठ संविधान निगरानी समूहको अध्यक्ष समेत हुन् । यसअघि सो एवार्ड चीन र भारतका पूर्वप्रधानन्याधीशले प्राप्त गरेका थिए । 

Skip This