काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भए पनि सम्पर्कविहीन रहेका व्यक्तिलाई वैदेशिक रोजगार विभागले ३५ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।
वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिएर विभागले असोज ९ गते सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई तोकिएको समयभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको हो।
विभागले दिएको समयसीमाभित्र उपस्थित नभए फरार व्यक्तिहरूमाथि थप कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ।
सूचनाअनुसार, तोकिएको अवधिमा सम्पर्कमा नआउने व्यक्तिहरूको बैंक खाता तथा बैंकिङ कारोबार रोक्का गर्ने र यात्रा अनुमतिमा प्रतिबन्ध लगाउनेलगायतका प्रक्रिया अघि बढाइनेछ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने जनाएको छ।





प्रतिक्रिया