शिक्षामन्त्री पोखरेल र साइप्रसका गैरआवासीय राजदूतबीच भेटवार्ता, के भयाे छलफल ?


काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मङ्गलबार भेट भएको हो । भेटवार्तामा उच्च शिक्षामा सहकार्य विस्तार तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीका विषयमा छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

भेटमा शिक्षामन्त्री पोखरेलले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओस) उपलब्ध गराउने तथा विदेशबाट प्राप्त शैक्षिक उपाधिको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रियालाई सहज बनाउन मन्त्रालयले आवश्यक काम गरिरहेको जानकारी पनि गराएका थिए ।

(
उनले विगतमा त्रिभुवन विश्वविद्यालयबाट हुँदै आएको शैक्षिक उपाधिको समकक्षता निर्धारणसम्बन्धी कार्य अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको जानकारी गराउँदै यस प्रक्रियामा आवश्यक नीतिगत सुधारका कामसमेत भइरहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।