चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनायो ।

चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए । उनले ५ छक्का र ५ चौका प्रहार गरे । रवि बोपारा ३२ र डान मोस्ली २९ रनमा अविजित रहे भने देव खनालले १२ रन जोडे ।

विराटनगरका एंगेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए ।